Friday, September 16, 2016

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित 
➡➡सुत्र : (आन्तरिक लेखा ) ⬅⬅
आ- आर्थिक कारोबारहरूको अभिलेख आवधिक बनाइ राख्न।
न- नियमित,सन्तुलित र स्वच्छ आर्थिक प्रशासन सञ्चालनमा सहयोग पुर्याउन।

त- तत्काल कारोवारहरूमा भएको कुनै गल्ती,कमजोरी,वा त्रुटी समयमा नै सुधार गर्न।
 रि- रकम फस्र्योंट,जिन्सी समानको हिनामीना र भ्रष्टाचार भए गरेको पाइएमा तुरन्त जानकारी गराउन।
क- कानुनको पालनामा सहयोग पुर्याउन।
लेखा- लेखाकोपरीक्षणको प्रतिवेदन तयार पारी अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउन।


केहि प्रश्न उत्तरहरु र केहि राष्ट्रिय दिवसहरु.....
 नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?    – वि.सं २०६९ पौष १ गते
 नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?  – सन् २०११ अक्टोबर २१
सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुनहो ?      – धनकुटा
विलास मन्दिरका नामले नेपालको कुन दरबारलाई चिनिन्छ ?    – बसन्तपुर दरबार
यूनेस्को दिवस कहिले मनाईन्छ ?    – नोभेम्बर ४
चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?    – प्रताप मल्ल
 इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?  – सन् २०१३ अक्टोबर २१ २४, कोलम्बियाकोकोर्टगेना शहर
विश्वको सबैभन्दा पुरानो अन्न भटमास,धातु तामा भए सबैभन्दा पुरानो खेल कुन हो ?    – पोलो 
नेपालको अन्तरिम शासन विधान २००७ कहिले जारी भयो ?    - २००७ फागुन ७ गते
विश्वमा सबैभन्दा धेरै कुन धर्म मान्ने मानिसहरुको संख्या रहेको छ ?  - इसाई/क्रिश्चियन ३३ प्रतिशत
५२ कुटी ७२ कुण्डको सहर भनि कुन ठाउँलाई चिनिन्छ ?     - जनकपुर
काठमाडौ नामको गा.वि.स. कुन जिल्लामा पर्छ ?     -  डोटी
पृथ्वीमा पाउने धातुहरु मध्ये सुन कति औ स्थानमा पर्छ ?    - ७३ औं स्थानमा 
 नेपालमा सबै भन्दा ठूलो फलामखानी फुलचोकीमा रहेको छ भने तामा खानी बुद्धखोला कहाँ रहेको छ ?  - तनहुँ मा रहेको छ ।
नायिका निसा अधिकारीले कहिले सगरमाथा आरोहण गरिन ?   - २०७० जेठ २
दामन कुन जिल्लामा पर्छ ?    -  मकवानपुरमा
सगरमाथाको प्रवेशद्धरा मानिने नाम्चे बजार कति उचाईमा रहेको छ ?   -  ३३४० मी.
वैदि कालमा राजालाई के भनिन्थ्यो ?    - पोप
किरातकालिन समयमा राजालाई हाङ्ग भनिन्थ्यो भने मन्त्रीलाई के भनिन्थ्यो ?    - तुम्याङ
वि.स. २००७ सालमा महिला साक्षरता प्रतिशत कति थियो ?     - ०.७ प्रतिशत
 त्रिभुवन विश्व विद्यालयले प्रमाणपत्र तह कहिले खारेज गर्यो ?    - २०६७ साउन ७
अरुण उपत्यका समुन्द्र सतह देखि कति उचाईमा रहेको छ ?    - ४५७ मिटर
नेपालका लागि बेलायतका प्रथम राजदूत क्याप्टेन नक्स हुन भने बेलायती नागरिक को हुन ?    - जेसुइट पादरी ग्रोबर 


 राष्ट्रिय दिवसहरु


·                     व्यक्तिगत घटना दर्ता दिवस वैशाख १ गते ।
·                     लोकतन्त्र दिवस वैशाख ११ गते ।
·                     कानुन दिवस वैशाख २६ गते ।
·                     गणतन्त्र दिवस जेष्ठ १५ गते ।
·                     राष्ट्रिय जनगणना दिवस असार ८ गते ।
·                     वन दिवस असार १३ गते ।
·                     धान दिवस असार १५ गते ।
·                     भानु दिवस २९ गते । 
·                     मुक्ति दिवस भाद्र १ गते ।
·                     निजामती सेवा दिवस भाद्र २२ गते ।
·                     विज्ञान दिवस आश्विन १ गते ।
·                     हात धुने दिवस आश्विन २८ गते ।
·                     प्रहरी दिवस आश्विन ३१ गते ।
·                     कर दिवस मङ्सिर १ गते ।
·                     भूकम्प सुरक्षा दिवस माघ २ गते ।
·                     नर्सिंग दिवस माघ १५ गते ।
·                     सहिद दिवस माघ १६ गते ।
·                     प्रजातन्त्र दिवस फाल्गुन ७ गते ।
·                     लेखक दिवस चैत्र ३ गते ।
·                     जनआन्दोलन दिवस चैत्र २६ गते ।







No comments:

Post a Comment