Friday, September 16, 2016

लिच्छविकाल, मल्लकाल, राणा, र शाह सबैको बारेमा प्रश्न-उत्तरहरु..........

लिच्छविकाल, मल्लकाल, राणा, र शाह सबैको बारेमा प्रश्न-उत्तरहरु..........
 सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा
 युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा
अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग
  राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)

  कुन राजाको पद्वी महाराजधिराज परमभट्टारक थियो ? –नरेन्द्रदेव
लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष
 लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
 लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ
 किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय
 नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई
मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक
मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले
प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव
 मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)
सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ? धर्मदत्त
 काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी
 कान्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव
इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन
 इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव
गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क
विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव
हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो? –गुणकामदेव
 मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि
 कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए? –लक्ष्मी नरसिंह मल्ल
कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल
 एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत
काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा
 काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल
 सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल
यो राज्यमा कसैको विवेक नरहोस् भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा
  राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८१७३१सम्म
१५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल
  सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल
कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल
रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल
 छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७
वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल
 प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल
तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल
   महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली
सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा
 गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंह मल्ल
पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
  सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको
 कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
  ५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल
 भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)
   पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल
भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल
 पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल
  यक्ष मल्ल कसका छोरा थिए ? –ज्योती मल्ल
 नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल
काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल
समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल
 जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष
गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल
  पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल
जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार)


No comments:

Post a Comment