Tuesday, September 20, 2016

शिक्षक सेवा आयोगमा सोधिएका पुराना वस्तुगत प्रश्न- उत्तरहरु.....

शिक्षक सेवा आयोगमा सोधिएका पुराना वस्तुगत प्रश्न- उत्तरहरु.....
शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
शिक्षाऐन २०२८(संशोधनसहित) मागाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति

राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैनभनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
> रु ९,०००
विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
११सबैका लागि शिक्षा कार्यक्रम (२००४२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
> १०४
१२शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
> विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
१३प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
>
१४विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
> शिक्षक
१५तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९२००४) को उद्देश्य कुन रहेको छ ?
> शिक्षामा पहँुच बढाउने
१६राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८२०३२) मा निर्धारित विद्यालय तहको
शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
> ३+४+३
१७स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ?
> आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्तछनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
१८तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु
१९प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ?
> एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका
२०मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
> २ वर्षदेखि ६ वर्षसम्म


पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:-
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ ?
> बाबु, आमा, बाजे र बज्यै
शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?
> लोकसेवा आयोगको अध्यक्ष
नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?
> शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)
अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ ?
> ११ सदस्य
शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ ?
> २२० दिन
शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?
> २०५७/७/२४
शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ ?
> १२ दिन
नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?
> आधारभूत शिक्षा पाउने हक
खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्नपर्ने व्यवस्था छ ?
> ६ महिनाभित्र
१०जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ ?
> जिल्ला शिक्षा अधिकारी
११राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो ?
>
१२दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो ?
> उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
१३तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन ?
> भषिक तथा गणितीय सीप विकास गर्ने
१४उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ?
> खेलौनाको उमेर
१५सबैका लागि शिक्षा कार्यक्रम (२००४२००९) मा कतिओटा उद्देश्य राखिएका छन् ?
> ३ ओटा
१६आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?
> ४ ओटा
१७तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ?
> छलफल विधि
१८वर्तमान प्राथमिक तहको पाठ्यक्रम अनसार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ ?
>
१९तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?
> वार्षिक कार्यपात्रो
२०बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
> धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने


No comments:

Post a Comment